रवि लामिछाने गृहमन्त्री हुनुअघि जोडिएको सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड न्यायाधीश बन्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीको बचाउ गर्दै प्रधानमन्त्री न्यायाधीश बन्न खोजेको आरोप लगाए।
उनले सुरक्षा निकायका प्रमुखले समेत उक्त ठगी प्रकरणलाई फासफुस बनाउन क्लिन चिट दिने प्रयास गरेको बताए ।
गौतमले गृहमन्त्री लामिछाने गोर्खा मिडिया नेट्वर्कको नाममा ९० हजार बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम जम्मा गरेको भन्दै पीडितले न्याय पाउने कुरामा गम्भीर प्रश्न खडा भएको बताए। कानुनी प्रश्नसँगै नौतिकताका आधारमा पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने गौतमले बताए।
‘गोर्खा मिडिया नेटवर्कको नाममा पोखरा र बुटवलका ९० हजार बढी बचतकर्ताको ८० करोडभन्दा बढी रकम हिनामिना भएको छ। सहकारीको त्यति ठूलो रकम गोर्खा मिडियामा जम्मा भएको छ', उनले भने, 'आज त्यो मिडिया सञ्चालनमा पनि छैन। अब त्यो विषयमा कसले जवाफ दिने हो? पीडितले न्याय कसरी पाउने गम्भीर प्रश्न छ। यो कानुनी मात्रै होइन, नौतिक कुरा पनि हो।’
Shares
प्रतिक्रिया