ad ad

समाज


६ किलो चरेश लिएर भारत जाँदै गर्दा महिला पक्राउ

६ किलो चरेश लिएर भारत जाँदै गर्दा महिला पक्राउ

नेपालखबर
चैत १९, २०८० सोमबार १५:४०, काठमाडौँ

बर्दिया जिल्लाको बढैयाताल गाँउपालिका–२ स्थित सीमा ईलाकाबाट करिब ६ किलो चरेश जस्तो पदार्थ सहित ४५ वर्षीया आशा राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

दाङ जिल्लाको लमही नगरपालिका– १ बस्ने राई चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा बोर्डर आउट पोस्ट (बीओपी) फुटाहा बर्दियाले नियन्त्रणमा लिएको हो।

१२ वटा ठूलो प्याकेटभित्र ससाना २२ वटा प्याकेट बनाइ शरीरमा बाँधेर भारततर्फ जाँदै गर्दा शंकालागी चेकजाँच गरिएको सशस्त्रले जनाएको छ।

उनलाई बरामद चरेशसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्रका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .