ताइवानमा शक्तिशाली भूकम्प गएको छ। बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको छ। भूकम्पले पुर्याएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।
बीबीसीका अनुसार ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको हो।
ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली भनेका छन्।
यो भूकम्पको कारण जापानको दक्षिण-पश्चिमी क्षेत्रको ठूलो भूभागमा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउ सक्ने अनुमान मौसमविद्हरुकाले गरेका छन्।
फिलिपिन्सको भूकम्प मापनसम्बन्धी निकायले त्यहाँ सुनामी आउन सक्ने चेतावनी जारी गरेको छ।
चीनको दक्षिणपूर्वी फुजिआन प्रान्तका पनि कतिपय ठाउँमा भूकम्पको धक्का महसुस भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७ दशमलव ६ म्याग्निट्यूडको विनाशकारी भूकम्प गएको थियो।
Shares
प्रतिक्रिया