गृहमन्त्रालयले बुधबार नौजना उपसचिवहरूको सरुवा गरेको छ।
गृह मन्त्रालयकको बुधवारको निर्णयअनुसार उनीहरूलाई सरुवासँगै विभिन्न कार्यालयमा पदस्थापन गरिएको छ।
गृहले विजयाकुमारी प्रसाईंलाई सरुवा गरेर इलाका प्रशासन कार्यालय साँखु पठाएको छ।
उता इलाका प्रशासन कार्यालय साँखुकी सीता परियारलाई अध्यागमन विभाग त्रिभुवन विमानस्थल कार्यालयमा सरुवा गरिएको छ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी रेवतीरमण शर्मालाई अध्यागन कार्यालय तातोपानी सिन्धुपाल्चोक सरुवा गरेर काजमा अध्यागमन विभागमा राखिएको छ।
177
Shares
प्रतिक्रिया