काठमाडौंबाट गोरखातर्फ गइरहेको ट्याक्सी त्रिशूलीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवश रोकायाको शव भेटिएको छ।
ट्याक्सी त्रिशूलीमा खसेर बेपत्ता भएको पाँच दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारामा रोकायाको शव भेटिएको हो।
गत शनिबार काठमाडौंबाट गोरखा जाने क्रमा उक्त ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित पृथ्वी राजमार्गको सिमलधारानजिक दुर्घटनामा परेको थियो।
उक्त दुर्घटनामा गोरखा नगरपालिका–७ का ट्याक्सी चालक ३५ वर्षीय अर्जुन सिर्मल, त्यही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया र ९ वर्षीय बालक आगमन नगरकोटीको ज्यान गएको थियो।
132
Shares
प्रतिक्रिया