गर्मी बढेसँगै कोरोना र डेंगीको संक्रमण हुने जोखिम बढेको चिकित्सकले बताएका छन्।
काठमाडौँको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमणका लक्षण बोकेर आउने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।
अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले अब कोरोना भाइरसबाट सतर्क हुनुपर्ने बेला आएको बताए।
‘कोरोना संक्रमण हुने क्रम बढ्दै गएको पाइएको छ’, डा. पुनले बिहीबार बिहान भने, ‘त्यही भएर हेलचक्र्याइँ पटक्कै गर्न भएन, मास्क लगाउने, साबुनपानीले हात धुनेजस्ता पुरानै नियम पालना गर्न जरुरी छ।’
यस्तै गर्मी बढेसँगै लामखुट्टेको प्रकोप पनि बढ्ने भएकाले डेंगी संक्रमणको जोखिम पनि बढेको उनले बताए।
‘हाम्रो अस्पतालमा अहिले डेंगीका बिरामी नै आइसकेका छैनन्’, उनले भने, ‘तर मौसम परिवर्तनसँगै डेंगीको जोखिम बढेको छ। सजग हुनुपर्छ।’
Shares
प्रतिक्रिया