नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन बिपरित क्रिप्टो करेन्सीबाट बित्तीय कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भइ हाल काठमाडौंको टोखा–८ सुन्दरबस्ती बस्ने ५४ वर्षीय शनि भण्डारी रहेका छन्।
गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई चैत २२ गते सुन्दरबस्तीबाट पक्राउ गरेको हो।
पक्राउ गर्दा निजको मोबाइलमा ‘जीएमटी, यूएसडीटी, बीएसडब्लु, एसओएल, यूटीसी’ हरूको कारोबार गरेको देखिएकोले निजलाई नेपाल राष्ट्र बैंक ऐन अन्तरगतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
342
Shares
प्रतिक्रिया