बेरोजगार युवायुवतीहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–३ घर भई हाल काठमाडौंको ताहाचल बस्ने ३३ वर्षीय मदनसिंह ठगुन्ना र महोत्तरीको बलवा नगरपालिका ९ घर भई हाल काठमाडौंको बूढानीलकन्ठ–१० कपन बस्ने वर्ष २७ को अजमत राईन रहेका छन्।
पीडितहरुबाट रकम लिए पश्चात विदेश नपठाई सम्पर्क विहीन भएकोमा पिडीतहरूले प्रहरीमा जाहेरी दिएका थिए।
मदन सिंह ठगुन्नाले क्रोएसिया पठाइदिने भन्दै जानकाी थापाको २ लाख ८७ हजार रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ।
यस्तै, अजमत राईनले मलेसिया पठाउने भन्दै मोहिद राईनबाट २ लाख रुपैयाँ ठगी गरेका छन्।
उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीको भनाई छ।
33
Shares
प्रतिक्रिया