ad ad

समाज


बैंकिङ कसुरमा दोषी ठहर भइ फरार व्यक्ति पक्राउ

बैंकिङ कसुरमा दोषी ठहर भइ फरार व्यक्ति पक्राउ

नेपालखबर
चैत २३, २०८० शुक्रबार १९:५६, काठमाडौँ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने वर्ष ३३ को अमृत थापा रहेका छन्।

उनीविरुद्धको बैंकिङ कसुर मुद्दा (मु.द.नं. ०७९–सीबी–११०१) मा उच्च अदालत पाटनबाट २०८० जेठ ५ गते ६ दिन कैद र जाहेरवालालाई १६ लाख रुपैयाँ बिगो भराई, बिगो बमोजिम १४ लाख २१ हजार ४०० रुपैयाँ जरिवाना तथा क्षतिपूर्ति बापत पीडित राहत कोषमा ६४रुपैयाँ जम्मा गराउने ठहर भएको थियो।

फरार रहेका प्रतिवादी अमृत थापालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा चैत २२ गते मीनभवनबाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि आज (२३ गते) ललितपुर जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .