प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका ८ एसपीको पदस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेकै दिन जिम्मेवारी पनि दिएको हो।
अनुसन्धानमा महत्त्वपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा अंगुर जिसीलाई पठाइएको छ।
त्यहाँ कार्यरत नकुल पोखरेललाई महोत्तरी सरुवा गरिएपछि रिक्त स्थानमा जिसीलाई पठाइएको हो।
को कहाँ ?
846
Shares
प्रतिक्रिया