काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ। हरेक वर्ष चैत कृष्ण औँसीका दिन काठमाडौँ उपत्यकामा घोजेजात्रा पर्व मनाइन्छ।
घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
जात्राको अवसरमा नेपाली सेनाले आज काठमाडौँको टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शनी गर्दैछ।
टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्ति सहभागी हुँने परम्परा छ।
117
Shares
प्रतिक्रिया