ad ad

समाज


वायु प्रदूषण: काठमाडौँ विश्वकै तेस्रो स्थानमा (प्रदूषित १५ सहरको सूची)

वायु प्रदूषण: काठमाडौँ विश्वकै तेस्रो स्थानमा (प्रदूषित १५ सहरको सूची)

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार ९:४९, काठमाडौँ

काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ। विश्वभर वायु प्रदूषणको अवस्था मापन गर्दै आएको स्वीजरल्यान्डस्थित आईक्यूएयरका अनुसार काठमाडौँ वायु प्रदूषणको दृष्टिले विश्वकै तेस्रो स्थानमा पुगेको छ। 

विश्वमै अस्वस्थकर वायुको पहिलो स्थानमा भारतको नयाँदिल्ली छ भने दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ।

चीनको बेइजिङ विश्वकै प्रदूषित शहरको सूचीको १५औँ नम्बरमा छ। 

सोमबार बिहान काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ रहेको आईक्यूएयरले जनाएको छ। १५१ देखि २०० एक्यूआई गुणस्तरको वायुलाई अस्वस्थकर मानिन्छ। आईक्यूएयरले अस्वस्थकर वायुलाई रातो रंगले चित्रित गर्ने गरेको छ। 

विश्वमै सबैभन्दा प्रदूषित नयाँदिल्लीको एक्युआई २४४ छ। यो अत्यन्तै अस्वस्थकर वायुको अवस्था हो। २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ। वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिने विज्ञहरु बताउँछन्।

हरेक वर्ष चैतको बेला काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्ने गरेको छ। काठमाडौँ उपत्यकामा बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्यधिक बढ्ने गरेको विज्ञहरुको भनाई छर

वायु प्रदूषणले जनस्वास्थ्यमा नकारात्मक असर पर्ने चिकित्सकहरुले बताएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी बिरामी र मुटुका बिरामी यसबाट बढी प्रभावित हुने गरेका छन्।

प्रदूषणको बेला सकेसम्म घरबाहिर ननिस्किन र निस्कनुपरे पनि विशेष सावधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन्। 

हेर्नुहोस् विश्वका १५ प्रदूषित शहरको सूची
 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .