मकवानपुरकाे मनहरीस्थित शिव मन्दिरभित्र एक पुरुष मृत फेला परेका छन्।
मनहरी गाउँपालिका- ७ मनहरी बजारमा रहेको शिव मन्दिरको भजन कृतन गर्ने कोठाभित्र अन्दाजी ५१ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृतक राक्सिराङ गाउँपालिका- २ निङराङका डिलबहादुर थिङ रहेको प्रहरीको भनाई छ। उनका छोरा घटनास्थल पुगेर शवको सनाखत गरेका हुन्।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडा पठाइएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
15
Shares
प्रतिक्रिया