आज मंगलबार, २७ चैत २०८० (९ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला अन्यथा धन खर्च हुनेछ। गर्न खोजेका कार्यमा बाधा आउनसक्छ। साँझमा भने आफन्तले सहयोग गर्नेछन्।
भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४९, सेयरबजारमा ३८, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशिहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
वृष : परोपकारी कार्यमा संलग्न भइनेछ। मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ। सेयरबजारबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन्। कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ।
भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६८, सेयरबजारमा ७६, वैदेशिक कार्यमा ५४ प्रतिशत र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसीक भोजन नगर्ने।
मिथुन : रमणीय र सुखद् यात्राको योग छ। तपाईंलाई कसै–कसैले भित्र भित्रै मन पराउन सक्छन्। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। समाजसेवामा मन लाग्नेछ। मित्रबाट वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६२, सेयरबजारमा ७९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। छलकपट नगर्ने।
कर्कट : स्थान परिवर्तनका विशेष योग देखिन्छन्। टाढिएका मित्रसँग नजिकिने समय छ। नयाँ अनुभव पनि मिल्नेछ। प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन्।
भाग्यशाली रङ निलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७, व्यापारमा ६१, सेयरबजारमा ७८, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकुलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
सिंह : नसोचेको ठाउँबाट धन हात पर्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्, तर प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन्।
भाग्यशाली रङ पहेँलो र भाग्यशाली अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६१, व्यापारमा ७५, सेयरबजारमा ८०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
कन्या : बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। महिला वर्गबाट विशेष साथ र सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ तर शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु नै उचित रहने देखिन्छ।
भाग्यशाली रङ सेतो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्ने छ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
तुला : परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। राजनैतिक कार्यमा सफलता मिल्नेछ। घर परिवारमा झैझमेलाको अवस्था आउला।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६१, सेयरबजारमा ७५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। आवेगमा लगानी नगर्ने।
वृश्चिक : छोटो दुरीको लाभदायक यात्रा रहला। साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्ने छ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
धनु : महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। घरायसी झमेलामा परिएला, यात्रामा मालसामान हराउन सक्छ तर साँझमा शुभ समाचार पाइनेछ।
भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ४०, सेयरबजारमा ३९, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्रा अनुकूलता ३४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। गुलाबी रङको प्रयोग नगर्ने।
मकर : रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ। राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ। इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयरबजारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीको दर्शन गर्ने। दक्षिण दिशाको यात्रा नगर्ने।
कुम्भ : शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न रहनेछ। राजनैतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ। रोजगारको अवसर मिल्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६९, सेयरबजार ७४, वैदेशिक कार्यमा ५० र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
मीन : धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभारम्भको चर्चा चल्नेछ। विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयरबजारमा ७८,वैदेशिक कार्यमा ५२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्रेमीको सल्लाह मान्ने। झुट नबोल्ने।
Shares
प्रतिक्रिया