ad ad

समाज


जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण

जापानमा क्वारेन्टाइनमा राखिएका ४० अमेरिकीलाई कोरोना संक्रमण

नेपालखबर
फागुन ५, २०७६ सोमबार ३:४८,

कोरोनाभाइरसको उद्गमस्थल चीनबाहिर अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन्।

जापानमा क्वारेन्टाइनमा राखिएका ४० जना अमेरिकी नागरिकमा कोरोनाभाइरस संक्रमण भएको पाइएको हो।

बीबीसीका अनुसार डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको एक अमेरिकी अधिकारीले बताएका छन्।

उनीहरू जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्।

उद्धार गरिएकामध्ये अधिकतर मानिस दुईवटा अमेरिकी हवाईजहाजमार्फत् स्वदेश फर्किरहेका छन्।

तर सङ्क्रमित व्यक्तिहरूलाई उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

तीन हजार ७०० यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारन्टाइनमा राखिएको छ।

उक्त पानीजहाजबाट हङकङमा ओर्लेका एक व्यक्ति नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित पाइएपछि पानीजहाजलाई क्वारन्टाइनमा राखिएको हो।

चीनबाहिर नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित यो सबैभन्दा ठूलो संख्या हो।

जापानी अधिकारीहरूले आइतबार दिएकाे जानकारीअनुसार पानीजहाजमा नयाँ कोरोनाभाइरसबाट संक्रमण हुनेकाे संख्या ७० बाट ३ सय ५५ पुगेको छ।

एक अमेरिकी यात्रीले बीबीसीसँग क्वारन्टाइनका प्रयास विफल भएको र पानीजहाज असुरक्षित लागेकाे बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .