ad ad

समाज


आगलागी : १ वर्षमा १०२ जनाको मृत्यु

आगलागी : १ वर्षमा १०२ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार १२:४१, काठमाडौँ

गएको वैशाखदेखि यही चैतको तेस्रो सातासम्ममा आगलागीका घटनामा परेर नेपालमा एक सय दुईजनाको मृत्यु भएको छ। 

देशका विभिन्न क्षेत्रमा यस अवधिमा भएका तीन हजार सात सय ९५ भन्दा बढी आगलागीका घटनामा एक सय दुईजनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

आगलागीबाट सो अवधिमा चार हजार सात सय २५ परिवार प्रभावित भएका छन्।

आगलागीबाट रु दुई अर्ब ३३ करोड बढीको क्षति भएको प्राधिकरणका प्रवक्ता गोमादेवी चेम्जोङले जानकारी दिए। बीचमा पानी परेका कारण आगलागीका घटना घटे पनि पुनः फैलिन थालेकाले सचेत हुन उनले सबैमा अनुराेध गरेका छन्।

यस वर्ष जाजरकोट भूकम्पबाहेक विपदमा परेर मृत्यु हुनेमा सबैभन्दा बढी आगलागीबाट छन्।

यस अवधिमा चट्याङबाट ४३ जनाको मृत्यु भएको छ। सर्पदंशबाट २०, हिमपहिरामा परेर १२, जनावरको आक्रमणबाट ४३, वन डढेलोबाट पाँच जनाको मृत्यु भएको प्राधिकरणको अभिलेखमा उल्लेख छ।

वैशाखयताका विपद्जन्य घटनामा चार सय ७७ जनाको मृत्यु भइसकेको प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .