प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झालाई सभामुख देवराज घिमिरेले बोल्न समय दिएका थिए।
तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न नदिई विरोध जनाएपछि सभामु्ख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गराएका हुन्।
बैठकको सुरुमै कांग्रेस सांसदहरू उठेर विरोध गरेका थिए। कांग्रेससहित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पनि उठे।
दायाँ र बायाँ दुवैतिर सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुशिला थिङलाई बोल्न समय दिए।
उनले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गरिन्।
थिङले आफ्नो कुरा सकेसँगै सभामुख घिमिरेले रास्वपाका सांसद मनिष सुमनलाई बोल्न समय दिए।
तर, कांग्रेस सांसदहरूले उनलाई बोल्न दिनबाट रोके।
सभामुख घिमिरेले पटक पटक झालाई बोल्न समय दिनका लागि कांग्रेस सांसदलाई आग्रह दिएका थिए।
तर, कांग्रेसले सभामुखको अनुरोध मानेन। लगत्तै सभामुख घिमिरेले बैठक स्थगित गराएका छन्।
Shares
प्रतिक्रिया