‘दलितका लागि दलित अभियान’का संयोजक खगेन्द्र सुनारलाई ‘साहसी युवा समाजसेवी अभियन्ता अवार्ड’ प्रदान गरिएको छ।
दलित समुदायको अधिकारका लागि संघर्षरत सुनारलाई न्युज एक्सप्रेस मिडिया प्रालिले सो अवार्ड दिएको हो।
जातीय विभेद र अत्याचारविरुद्ध आवाज उठाउँदै दलित समुदायलाई सचेत बनाउने काम गरेको भन्दै उनलाई सो पुरस्कार प्रदान गरिएको हो।
यही चैत २७ गते काठमाडौँमा आयोजित विशेष समारोहका बीच प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सुनारसहित केही सामाजिक अगुवालाई सम्मान हस्तान्तरण गरेकी थिइन्।
30
Shares
प्रतिक्रिया