२०८० साल आज (शुक्रबार) एक दिन मात्र बाँकी छ। भोलि शनिबार नयाँ वर्ष २०८१ साल सुरु हुँदै छ।
नयाँ वर्षका दिन नयाँ ठाउँ घुम्न जाने चलन पनि छ। त्यसो भए शनिबार मौसम कस्तो रहला त?
मौसम पूर्वानुमान महाशाखाका अनुसार नयाँ वर्षका दिन शनिबार पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना छ।
महाशाखाले शुक्रबार साँझ ६ बजे जारी गरिएको बुलेटिनमा भनिएको छ, ‘वैशाख १ गते दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखी मौसम मुख्यतया सफा रहने छ।’
मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाश २६ देखि ५० प्रतिशतसम्म बादलले ढाकिएको अवस्था हो भने साधारणतया बदली भनेको आकाशको ५१ देखि ७५ प्रतिशतसम्म भागमा बादल लागेको अवस्था हो। यसैगरी मुख्यतया सफा भनेको सम्बन्धित क्षेत्रको आकाश २५ प्रतिशतबाहेक सफा रहनु हो।
महाशाखाको बुलेटिनअनुसार शनिबार दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको थोरै स्थान साथै देशका बाँकी पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
बुलेटिनमा अगाडि भनिएको छ, ‘कोसी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थान साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।’
महाशाखाका अनुसार आज (शुक्रबार) राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
Shares
प्रतिक्रिया