भक्तपुरको मध्यपुरथिमीमा आइतबार सिन्दुरे जात्रा चलिरहेका थियो। मध्यपुर नगरपालिका‐५ दुई पोखरीका ५० वर्षीय तुइलाल श्रेष्ठ पनि पोखरीको डिलमा बसेर जात्रा हेरिरहेका थिए।
जात्रा हेर्दै गर्दा अचानक श्रेष्ठ पोखरीमा खस्न पुगे। बसेको ठाउँबाट अचानक पोखरीमा खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले जानकारी दिए।
पोखरीमा खसेर डुबेलगत्तै उनलाई स्थानीयले उद्धार गरी नजिकै रहेको नेपाल कोरिया मैत्री अस्पताल थिमीमा पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका प्रहरीले जनाएको छ।
श्रेष्ठको शव शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ। ‘घटनाका सम्बन्धमा हामीले थप अनुसन्धान सुरु गरेका छौँ,’ डीएसपी कार्कीले भने।
15
Shares
प्रतिक्रिया