गाउँपालिका भवन उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) गृहजिल्ला तनहुँ जाँदै छन्।
तनहुँको म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवन र व्यास नगरपालिका–११ तनहुँसुर स्थित खड्ग कालिका मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ।
राष्ट्रपतिले बिहान मन्दिर र दिउँसो गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ।
पुरानो ठाउँबाट भवन भवनमा कार्यालय स्थानान्तरण र राष्ट्रपतिसमेत रहभागी हुने कार्यक्रमलाई मध्यजनर गर्दै म्याग्दे गाउँपालिकाले हिजो र आज गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ।
63
Shares
प्रतिक्रिया