आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ। चैतेदसैँलाई पनि नेपालमा पर्वको रुपमा मनाउने परंपरा छ।
चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै वासन्ती नवरात्रमा पनि ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ।
चैतेदसैँका अवसरमा आज देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने हिन्दू धार्मिक परम्परा छ।
चैतेदसैँको अवसरमा गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। तर, संघीय सरकार र अन्य प्रदेशले भने आज बिदा दिएका छैनन्।
6
Shares
प्रतिक्रिया