दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
जनपद प्रहरी समूहतर्फका डीआईजीद्वय भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।
एआईजीद्वय मीरा चाैधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाने भएपछि उक्त स्थानमा जाेशी र ढकाललाई बढुवा सिफारिस गरिएकाे हाे। जाेशी आईजीपी वसन्त बहादुर कुँवर र ढकाल एआईजी दीपक थापाका ब्याची हुन्।
त्यस्तै प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उपसमूहका डाक्टर देउती गुरुङलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ।
132
Shares
प्रतिक्रिया