कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’ले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको ४४ औँ आरोहण गरेका छन्।
यो संख्या अहिलेसम्मकै धेरै रहेको उनको दाबी छ।
नेपाली नयाँ वर्ष प्रवेशकै दिन ८ हजार मिटर अग्ला शिखरको ४४ औँ आरोहण गरेर एकै जनाले धेरैपटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाएको उनको भनाइ छ।
१ वैशाख (शनिबार) बिहान १२.१५ बजे उनी ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण हिमालको चुचुरोमा पुगेका थिए।
अन्नपूर्णको सफल आरोहणपछि संक्षिप्त प्रतिकृया दिँदै पुर्जाले भने, ‘८ हजार मिटर अग्ला पर्वत आरोहणपिच्छे मेरो रेकर्ड थपिँदै जान्छ।’
निम्सदाइले ८ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटकपटक आरोहण गरिसकेका छन्।
भिडिओमा हेर्नुहोस्ः
निर्मल पुर्जाले गरे ८ हजार मिटरमाथिका हिमालको ४४ औँ आरोहण pic.twitter.com/EMuHzaAMQa
— Nepalkhabar (@nepalkhabar) April 16, 2024
711
Shares
प्रतिक्रिया