करिब २ साताअघि पोर्चुगलमा समुद्रमा डुबेर बेपत्ता नेपाली युवकको शव फेला परेको छ।
सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गतेदेखि समुद्रमा बेपत्ता धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङको शव भेटिएको हो।
उनको शव समुद्री किनारमा भेटिएको राससले जनाएको छ।
उनीसँगै पोर्चुगलको मोन्तिजोस्थित समुद्रमा पसेका धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको भने त्यही बेला मृत्यु भएको थियो।
1.1k
Shares
प्रतिक्रिया