ललितपुरको ढोलाहिटीमा आफ्नै साथीको हत्या गरेको अभियोगमा मुद्दा चलाइएका ५ जनामध्ये २ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
ललितपुर जिल्ला अदालतका न्यायाधीश धनीश्वर पौडेलको इजलासले विजय राई र राजु गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
चैत ११ गते राति ढोलाहिटीको डी–पपिना रेस्टुराँमा पाँचथरका २९ वर्षीय पुजन राई र सुनसरीका २८ वर्षीय रेवश राईको हत्या भएको थियो।
उनीहरूलाई होटल सञ्चालक विजय राईले चक्कु प्रहार गरी हत्या गरेका थिए। हत्यापछि उनलाई राजु गुरुङले मोटरसाइकलमा भगाएका थिए।
सुलभ राई र विशाल राईलाई पाँचपाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ। छेङबिहाङ राईलाई भने सात लाख धरौटीमा छाड्न आदेश भएको जिल्ला अदालत ललितपुरका प्रवक्ता रामसजिवन महतोले जानकारी दिए।
48
Shares
प्रतिक्रिया