आज शनिबार, १५ वैशाख २०८१ (२७ अप्रिल २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : काम बिग्रने तथा आफन्तसँग मनमुटाव हुन सक्छ। अनावश्यक र फजुलमा खर्च बढ्नेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। पारिवारिक झमेला रहला। पढाइलेखाइमा बाधा, उल्झन आउला।
भाग्यशाली रङ कालो र अङ्क ४ हो भने प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४६, वैदेशिक कार्यमा पनि ४६ र शिक्षामा ३२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४८, यात्राको योग ३५ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। पहेँलो रङको प्रयोग अनुकूल छैन।
वृष : पठनपाठनमा प्रगति हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। समाजिक कार्यमा मन जाला।
भाग्यशाली रङ पहेँलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६७, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिँदा पुण्य प्राप्त होला। उत्तर दिशातर्फको यात्रा फलदायी छैन।
मिथुन : आकस्मिक धनलाभ हुनेछ। स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ। रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धुबान्धवबाट सहयोग मिल्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदायी हुने देखिँदैन। तसर्थ, भरिसक्के लामो यात्रा नगरेकै बेस।
कर्कट : विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। भोजभतेरमा सहभागी हुनुपर्ला। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।
भाग्यशाली रङ पर्पल हो भने अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।
सिंह : रोकिएका कामले चिन्ता बढाउनेछ। हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। चुनौतीसमेत सामना गर्नुपर्ने हुन सक्छ। यात्रामा मालसामान हराउन सक्छ। मनमा चञ्चलता बढ्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३८, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३४, यात्राको योग ४५ र सम्पूर्ण भाग्याङ्क ३२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिनाले पितृ खुसी हुनेछन्। झुट चाहिँ नबोल्नु होला।
कन्या : धर्मकर्ममा रुचि बढ्ने र शुभ समाचार सुन्न पाइएला। रमणीय र सुखद यात्राको योग छ। पार्टी तथा सेमिनारमा सहभागी भइएला। प्रयत्न गरे फाइदा लिन सकिनेछ। नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
तुला : लामो समयदेखि रोकिएका अधुरा कामको पुन: कार्ययोजना बन्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। धनार्जनको योग छ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। अरूलाई दु:ख दिने काम नगर्नु होला। यसले आफैँलाई हानि गर्नेछ।
वृश्चिक : परिवारजनको साथले नयाँ आशा पलाउनेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। रोकिएको कामले चिन्ता बढाउनेछ। अतिथिको आगमन हुनेछ। बौद्धिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक कार्य अघि बढ्ला।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६१, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
धनु : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। वैचारिक मनमुटाव बढ्नेछ। स्वास्थ्य पनि प्रतिकूल रहन सक्नेछ। अतः बढी सजग रहनु उचित हुने देखिन्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४६, वैदेशिक कार्यमा ४४ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
मकर : समारोहमा सरिक हुने सम्भावना छ। लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन्। बौद्धिकताको विकास हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शिवजीको दर्शन गर्नु राम्रो हुनेछ। खैरो रङको प्रयोग अनुकूल छैन।
कुम्भ : लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। घुमफिर र सफल यात्राका विशेष अवसर मिल्ने छन्। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग देखिन्छ।
भाग्यशाली रङ कालो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शङ्करजीको दर्शन गर्नु उपयुक्त छ। हरियो रङको प्रयोग अनुकूल छैन।
मीन : बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। प्रेममा मधुरता छाउनेछ। घरजग्गाको कारोबारमा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। तामसिक भोजन नगर्ने।
Shares
प्रतिक्रिया