काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौंका विभिन्न स्थानबाट भन्सार छलीका ६ वटा गाडी बरामद गरेको छ।
उपत्यकाका विभिन्न स्थानमा भारतबाट भन्सार छलि चोरी पैठारी गरी सवारी साधनहरू बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलिले ति गाडी बरामद गरेको हो।
बेवारिसे अवस्थामा पार्किङ गरी राखेको ब्रिजाको बागमती प्रदेश ०१–०२५ च ८९८५नं, प्रदेश ०३-०१-००१६च ४७२१, बाग्मती प्रदेश ०१-०२४ च ६८१२ र बाग्मती प्रदेश ०१-०२३च २९७३ नम्बरका गाडी बरामद भएका हुन्।
यस्तै, नयाँ बसपार्कबाट ग ३ च २६६९ नम्बरको अल्टो र नयाँ बानेश्वरबाट प्रदेश १-०२-००२ च ५१०८ नम्बरको स्कर्पिओ गरी जम्मा ६ थान गाडी फेला परेको हो।
बरामद गाडी थप कारबाहीका लागि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
195
Shares
प्रतिक्रिया