ad ad

समाज


कञ्चनपुरमा विद्युत कटौती विरुद्ध युवा विद्यार्थीको अल्टिमेटम

कञ्चनपुरमा विद्युत कटौती विरुद्ध युवा विद्यार्थीको अल्टिमेटम

गोकुल जोशी
असार १६, २०७६ सोमबार १३:१०,

कञ्चनपुरमा केहीदिन यता भइरहेको अनियमित विद्युत कटौतीको समस्या समाधानका लागि सत्तारुढ दल नेकपाका भातृसंस्थाहरुले ५ दिने अल्टिमेटम दिएका छन्।

जिल्लामा विगत केही दिन देखि अनियमित रुपमा भइरहेको विद्युत कटौतीको समस्या समाधानका लागि युवा संघ र अनेरास्ववियूले विद्युत कार्यालयलाई सोमवार अल्टिमेटम दिएका हुन्।

लोडसेडिङ्ग मुक्त भइसकेको अवस्थामा अघोषित रुपमा विद्युत कटौती भइरहेका कारण ५ दिने अल्टिमेटम दिएको अनेरास्ववियूका नेता ओम बस्नेतले बताए। विद्युत कार्यालयको चरम लापर्बाहीका कारण अघोषित तथा अनियमित रुपमा विद्युत कटौती भइरहेको उनले बताए। ५ दिनभित्र विद्युत्त कटौतीको समस्या समाधान नभए आफूहरु आन्दोलनमा जान बाध्य हुने अनिरास्ववियूका बिरेन्द्र राज बिष्टले चेतावनी दिए।

विगत केही दिन यता विद्युत कार्यालयको लापर्बाहीले गर्दा कञ्चनपुरमा अनियमित रुपमा विद्युत कटौती भइरहेको छ। अनियमित लोडसेडिङका कारण उखरमाउलो गर्मीले सर्वसाधारणलाई अत्याएको छ भने स्थानीय कलकारखाना, एफएम÷रेडियो, पत्रपत्रिका समेत समस्यामा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .