बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा १ तर्फको रोकिएको मतगणना पुनः सुचारु भएको छ ।
तलकोट गाउँपालिका–१, २ र ३ को मत गणना गरिसकेपछि वडा नम्बर ४ को गणना गर्दा मुचुल्का पाइएको थिएन।
त्यसपछि केहीसमय विवादपछि मतगणना रोकिएको थियो। खाेजी गर्ने क्रममा मुचुल्का गरेको फाइल पाइएपछि पुनः मत गणना गर्न थालिएको हो।
सार्वजनिक भएको पछिल्लो मतपरिणाम अनुसार कांग्रेसलाई ९ मतले उछिन्दै एमाले अघि बढेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८९ मत सहित अग्रता बनाएका छन्। नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८० मत सहित पछ्याइरहेका छन्।
माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६९५ र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४२७ मत ल्याएका छन्।
बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ शनिबार सम्पन्न मतदानको मतगणना जारी छ।
यस क्षेत्रमा पर्ने जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र मष्टा गाउँपालिका र थलारा गाउँपालिकाको वडा नम्बर ९ को मतगणना सकिएको छ।
आइतबार दिउँसोदेखि सुरु भएको मतगणनामा अहिले तलकोट गाउँपालिकाको मत गणना भइरहेको छ। यसपछि साइपाल गाउँपालिकाको मत गणना हुनेछ।
Shares
प्रतिक्रिया