नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीकी छोरी संगीता श्रीपालीको मृत्यु भएको छ।
नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका श्रीपालीकी माइली छोरी संगीताको पोर्चुगलमा निधन भएको हो।
संगीता क्यान्सरबाट पीडित थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
वाईसीएलका अध्यक्ष सुवोध श्रीपालीका अनुसार २९ वर्षीया संगीता २ वर्षदेखि पोर्चुगलको राजधानी लिस्बनस्थित अस्पतालमा उपचार गराइरहेकी थिइन्। सुरुमा आन्द्राको क्यान्सर देखिएको संगीतामा पछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो।
उनका पतिले उपचारमा कुनै कसर बाँकी नराखे पनि संगीताको निधन भएको सुबोधले बताएका छन्।
पुत्री शोकमा परेका पूर्वमन्त्री दलजित श्रीपालीलाई सामाजिक सञ्जालमार्फत धेरै जनाले समवेदना व्यक्त गरिरहेका छन्।
1.2k
Shares
प्रतिक्रिया