खडेरी लम्बिँदा देशभर नै गर्मी बढेको छ। गर्मीले विशेषगरी तराई मधेशको जनजीवन कष्टकर बन्न थालेको छ।
दिनभर एकनाससँग चर्को घाम लाग्दा तराईका जिल्लामा घर बाहिर निस्कँन सक्ने अवस्था छैन।
तराई मधेशमा मात्र होइन, काठमाडौँ उपत्यकाजस्ता पहाडी क्षेत्रमा समेत गर्मीले जनजीवन प्रभावित हुन थालेको छ।
मंगलबार भैरहवाको अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको छ।
भैरवापछि हिजो सबैभन्दा धेरै तापक्रम जनकपुरमा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जनकपुरमा हिजो अधिकतम तापक्रम ४२ दशमलव ४ डिग्री मापन हुँदा सिमरामा ४१.५ डिग्री सेल्सियस पुगेको छ।
त्यसैगरी विराटनगरमा ४०.२, धनगढीमा ३९.४, दिपायलमा ३८.८, विरेन्द्रनगरमा ३८.१, नेपालगन्जमा ३७.६ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ।
काठमाडौँ, पोखरा जस्ता पहाडी क्षेत्रमासमेत तापक्रम बढेको छ। हिजो काठमाडौँको अधिकतम तापक्रम ३३.५ डिग्री मापन हुँदा पोखरामा ३४.३ डिग्री तापक्रम मापन भएको छ।
हेर्नुहोस् मंगलबार देशका १६ सहरमा मापन भएको अधिकतम तापक्रम
Shares
प्रतिक्रिया