नेपाल टेलिकममा कार्यरत एकजना कर्मचार ललितपुरको ग्वार्कोबाट बेपत्ता भएका छन्।
टेलिकममा कार्यरत ५२ वर्षीय डिल्लीराज ओझा विगत एक सातादेखि बेपत्ता भएका हुन्।
यही वैशाख १३ गते अफिस जान्छु भनेर हिँडेका उनी त्यसयता घर नफर्किएका उनकी पत्नी भिमा ओझाले बताइन्।
स्काइ निलो फुल बाउले सर्ट, गाढा निलो टाउजर, गाडा निलो टोपी र गोल्डस्टार जुत्ता लगाएका, कालो साइड झोला भिरेका ओझा एक सातादेखि घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका छन्।
कसैले ओझालाई भेटेमा नजिकैको प्रहरी कार्यालय अथवा मोवाइल नम्बर ९८५११५५२०० वा ९८५१०४६४४४ नम्बरमा खबर गर्न पनि आफन्तले अनुरोध गरेका छन्।
बेपत्ता भएका ओझामा लामो समयदेखि बिर्सने रोग छ। उनी त्यसको औषधि पनि खाइरहेका थिए। सीसीटीभी फुटेजमा उनी अन्तिम पटक भक्तपुरको राधे राधेको सडकमा देखिएका थिए। तर, खोजी गर्दा उनी भेटिएका छैनन्।
Shares
प्रतिक्रिया