काभ्रेको रोशि गाउँपालिका– ४ माहादेवटारमा बुधबार आगलागी हुँदा १५ घर जलेका छन्। आगलागीबाट झण्डै अढाई करोड रुपैयाँ बरारको क्षति
स्थानीय जंगलबाट फैलिएको आगो गाउँमा सल्कँदा ११ स्थानीयका १५ वटा घर जलेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो। प्रहरीले आगलागीमा परेका घरधनी र क्षतिको विवरण सार्वजनिक गरेको छ।
यी हुन् महादेवटारका आगलागी पीडित
१.काभ्रेपलाञ्चोक जिल्ला रोशी गा.पा.वडा नं.४ सानो पोटा बस्ने वर्ष ४२को प्रेम तामाङको ढुङगा माटो र काठले बनेको जस्ताले छाएको ४ कोठाको १ तले घर, काठले बनेको २ वडा गोठ, चाँदीको पैसा २ पाथी,नगत ७लाख,सुन३ तोला,लत्ताकपडा,भाँडा वर्तन गरी(चालिस लाख) बराबरको क्षती
२.ऐ.ऐ.बस्ने जनक तामाङको ढुङगामाटोले बनेको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन ,अन्नपानी र लत्ताकपडा अं.मु जम्मा-२८,००,०००(अठ्ठाइस लाख) बराबरको क्षती
३.ऐ.ऐ.बस्ने राम ब.तामाङको जस्ताले छाएको २ तले घर ,गोठ र ट्वाइलेट भाँडा वर्तन, अन्नपानी र लत्ताकपडा पुरानो पैसा नगद ५५००० हजार गरी अं.मु जम्मा-३९०००००) बराबरको क्षती भएको
४.ऐ.ऐ.बस्ने सत्यलाल तामाङको घर २ वटा घर गोठ र ट्वाइलेट भाँडा वर्तन,अन्नपात,लत्ताकपडा ,खाट र दराज अन्नपात टि.भि.र डिसहोम गरी २७ लाख पचास हजार बराबर क्षेती भएको
५.ऐ.ऐ.बस्ने तिर्थ लाल तामाङको२ तले घर, गोठ र ट्वाइलेट भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा अं.मु.-१७लाख
६.ऐ.ऐ.बस्ने धन काजि तामाङको भुकम्प राहात घर २तले पुरानो घर २वटा गोठ र ट्वालेट हजारभाँडा वर्तन,अन्नपात,लत्ताकपडा गरी जम्मा अं.मु.१६लाख ८०हजार
७. ऐ.ऐ.बस्ने पदम ब.तामाङ को २ तले कच्ची घर २ वटा भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी जम्मा अं.मु.१३लाख
८.ऐ.ऐ.बस्ने प्रशान्त थिङ तामाङको२ तले पक्की घर किराना पसल र खाद्यन्न समानहरू नगत २लाख गरी जम्मा अं.मु.२४लाख
९.ऐ.ऐ.बस्ने माया तामाङको १ तले घर भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु जम्मा अं.मु.६लाख ५०हजार
१०.ऐ.ऐ.बस्ने पल ब.तामाङको १वटा पक्की घर भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु गरी अं.मु.११लाख पचास हजार
११.ऐ.ऐ.बस्ने साईली माया तामाङको १ वटा कच्ची घर(पुर्ण क्षती) भाँडा वर्तन,अन्नपात,लत्ताकपडा र सरसामानहरु
जम्मा अं.मु.-३लाख५०हजार
Shares
प्रतिक्रिया