पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मध्यराति मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ।
दुर्घटनामा रत्ननगर नगरपालिका–३ बसेनीका १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए।
गएराति १२ बजे तीव्रगतिमा रहेको ना २२प ३४४४ नम्बरको मोटरसाइकल भित्री सडक खण्डमा पर्ने रत्ननगर नगरपालिका–४ का सुमन गदालको घरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।
‘उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो,’ डीएसपी रिजालले नेपालखबरसँग भने, ‘मृतक युवकका बुवाहरु आएर सनाखत गर्नु भएको छ। शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ।’
उनले मोटरसाइकल आफैँ अनियन्त्रित भएर घरको भित्तामा ठोक्किएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताए।
1.8k
Shares
प्रतिक्रिया