ad ad

समाज


पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद गीता बस्नेत सम्पर्कविहीन, खोज्दै प्रहरी

पक्राउ पुर्जी जारी भएपछि राप्रपा सांसद गीता बस्नेत सम्पर्कविहीन, खोज्दै प्रहरी

फाइल तस्बिर : सांसद गीता बस्नेत


नेपालखबर
बैशाख २१, २०८१ शुक्रबार १०:८, काठमाडौँ

सहकारीको रकम अपचलन गरेको प्रकरणमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा सांसद गीता बस्नेतको खोजी गरिरहेको छ। 

पूर्वी नवलपरासी (नवलपुर) स्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना गरेको प्रकरणमा त्यहाँको जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी गरिरहेको हो। 

सांसद बस्नेत हाल सम्पर्कमा नरहेकाले सम्पर्क गर्ने प्रयास भइरहेको नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नरहरि रेग्मीले बताए। 

‘हामी उहाँको खोजी गरिरहेका छौँ, विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयासमा छौँ’, एसपी रेग्मीले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘हामीलाई विश्वास छ, राज्यको एक जिम्मेवार व्यक्ति उहाँले आएर आफ्ना कुरा प्रस्ट पार्नुहुनेछ।’

छिपछिपे सहकारीका बचतकर्ताले आफूहरूको बचत रकम हिनामिना गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले सांसद बस्नेतका ज्वाइँ नगेन्द्रबहादुर रिमालसहित ७ जनालाई भने पक्राउ गरिसकेको छ। प्रहरीले सहकारीका सचिव रिमाल, सञ्चालक योगेन्द्र पाण्डे, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत ७ जनालाई पक्राउ गरेको हो। 

हाल उनीहरू नवलपुर प्रहरीको हिरासतमा छन्। 

छिपछिपे सहकारीबाट १६ करोड ६९ लाख रकम हिनामिना भएको उजुरी नवलपुर जिल्ला प्रहरी कार्यालयमा परेको छ। 

सो रकम सांसद बस्नेतसमेतको लगानीमा बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा लगानी गरेको पाइएपछि उक्त प्रकरणमा सांसद बस्नेत पनि तानिएकी हुन्। 

यसैबीच राप्रपाले सांसद बस्नेतलाई अनुसन्धानमा सहयोग पुर्‍याउन निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .