बुधबार देशका धेरै स्थानमा वर्षा भएको छ। अहिले बिहीबार बिहान पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ।
यसै क्रममा पछिल्लो २४ घण्टामा देशका चार ठाउँमा भारी वर्षा (५० मिलिमिटरभन्दा माथि) भएको छ।
मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा सुर्खेत, दैलेख, सल्यान र रोल्पामा भारी वर्षा भएको हो।
महाशाखाको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतको रतनंगलामा ६० मिलिमिटर वर्षा भएको छ।
यसपछि दैलेखको ग्वाँटी ५२.८, सल्यानको थरमारे ५५.८ र रोल्पाको केउर गाउँमा ५२.२ मिलिमिटर वर्षा भएको छ।
धनकुटाको लेगुवा घाटमा पनि झन्डै भारी वर्षा ४७.४ मिलिमिटर वर्षा भएको छ।
यसबाहेक देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ।
१० मिलिमिटरभन्दा तलको वर्षालाई हल्का तथा १० भन्दा माथि ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा भनिन्छ।
Shares
प्रतिक्रिया