हाल (बिहीबार साँझ ६ बजे) देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रही कोसी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली भई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ।
यस क्रममा राति बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा साथै देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।
यसैबीच राति काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। तर पानी पर्ने सम्भावना २० प्रतिशत मात्र रहेको मौसम महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया