काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ।
मोरङ घर भई काठमाडौँको कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी बसन्त रजौरेले जानकारी दिए।
‘उनको सडकको बीचमै हत्या भएको अवस्थामा शव बरामद भएको हो,’ एसएसपी रजाैरेले नेपालखबरसँग भने, ‘घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेका छौँ। आजै पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गर्नेछौँ।’
पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन। हत्याको कारण पनि नखुलेको एसएसपी रजौरेले बताए। ‘प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ। घटनाको विस्तृत अनुसन्धान जारी छ,’ उनले भने।
सडकबाट उठाएर धिमाललाई प्रहरीले सिनामंगलस्थित केएमसी अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा हुन्।
750
Shares
प्रतिक्रिया