ad ad

समाज


नेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते

नेविसंघ र अनेरास्ववियूबीच कुटाकुट, दुई विद्यार्थी नेता गम्भीर घाइते

वाशुदेव मिश्र
फागुन ८, २०७६ बिहिबार १३:५५,

पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियू र नेपाल विद्यार्थी संघ आवद्द विद्यार्थी समूहबीच बिहीबार कुटाकुट भएको छ। नेकपा निकट अनेरास्ववियू र प्रमुख प्रतिपक्ष कांग्रेस निकट नेविसंघका सदस्यबीच क्याम्पस परिसरमै भएको हानाहानबाट अनेरास्ववियूका विराट दवाडी र विशाल पन्त गम्भीर घाइते भएका छन्।

अखिलले नेविसंघका सतिश बास्तोलाको नेतृत्वको समूहले रड प्रहार गर्दा आफ्नो संगठन आवद्ध विद्यार्थी घाइते भएको जिकिर गरे। अनेरास्ववियू कास्कीका अध्यक्ष विवेक देवकोटाका अनुसार घाइतेहरुलाई आइसियूमा राखेर उपचार भइरहेकाे छ।

यसअघि, अनेरास्ववियूका विराट र विशालले नेविसंघका सतिशमाथि पनि हमला गरेपछि उनीहरुमाथि आक्रमण भएको हो। घटनामा संलग्न विद्यार्थीहरु संगठनमा आवद्द भएपनि व्यक्तिगत रिसिइबी साँध्न हमला गरिएको अनेरास्ववियूले बताएको छ।

नेविसंघका निर्वतमान केन्द्रीय सदस्य भानु ढकालले पनि सांगठनिक रुपमा नभई व्यक्तिगत रिसिबीको कारण कुटाकुट भएको प्रष्ट्याए। उनका अनुसार नेविसंघका केही सदस्य पनि कुटाकुटबाट घाइते छन्। ‘संगठनले त यस्ता झगडामा नलाग्नुस् भनेका छौं,’ उनले भने। वार्ताको माध्यमबाट कुरा मिलाउने पक्षमा आफूहरु रहेको उनले सुनाए।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार झगडा भएको जानकारी पाए पनि अहिलेसम्म कुनै जाहेरी भने परेको छैन। ‘झगडा भएको भन्ने त हामीले थाहा पाएका हौं,’ उनले भने, ‘तर, कुन संगठन निकट हो भनेर हामीलाई जानकारी आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .