देशका तीन जिल्लामा धेरै भारी वर्षा भएको छ।
मौसम पूर्वानुमान महाशाखाले दिउँसो १:५० बजे दिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा बारा, सप्तरी र मोरङमा सय मिलिमिटरभन्दा माथिको वर्षा भएको हो।
महाशाखाको विवरण अनुसार सबैभन्दा बढी बाराको अमलेखगन्जस्थित वर्षा मापन केन्द्रमा १०६.६ मिलिमिटर वर्षा मापन भएको छ।
यसपछि सप्तरीको बरमझियामा १०५.८ मिलिमिटर, मोरङको लेटाङमा १००.२ र मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।
५० मिलिमिटरभन्दा माथि सय मिलिमिटरभन्दा मुनिको वर्षालाई भारी वर्षा तथा सय मिलिमिटरभन्दा माथि २ सय मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ।
मौसम महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले प्रिमनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको बताए।
‘मध्यरातिदेखि अलि धेरै वर्षा भइरहेको छ’, आइतबार दिउँसो उनले भने।
पछिल्लो २४ घण्टामा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा त मुलुकका दसभन्दा बढी स्थानमा भएको छ।
Shares
प्रतिक्रिया