हाल (आइतबार साँझ) कोसी, बागमती र गण्डकी प्रदेशका थोरै र मधेस, लुम्बिनी र कर्णालीका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखााका अनुसार आज राति (आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म) कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणाली प्रभाव छ। जसका कारण मौसम बदली र वर्षा भइरहेको हो।
4.8k
Shares
प्रतिक्रिया