ad ad

समाज


मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा ३२ वर्षीय नेपाली युवकको मृत्यु

मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा ३२ वर्षीय नेपाली युवकको मृत्यु

नेपालखबर
जेठ १, २०८१ मंगलबार ९:१०, काठमाडौँ

मलेसियामा सुतेकै ठाउँमा आगलागी हुँदा बैतडीका एक युवकको मृत्यु भएको छ।

बैतडीको मेलौली नगरपालिका-१ का ३२ वर्षीय दिपकसिंह नायकको मलेसियामा भएको आगलागीमा परेर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

नायक सुतिरहेको कोठामा विद्युतको तार सर्ट भई आगलागी भएको थियो। उक्त आगलागीमा परेर नायकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिए।

नायक रोजगारीको सिलसिलामा विगत ९ वर्षदेखि मलेसियामा थिए। नायकको शव नेपाल ल्याउन पहल भइरहेको आफन्तले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .