ad ad

समाज


नगर प्रहरी कुटेर भागेका युवक ६ दिनपछि पक्राउ

नगर प्रहरी कुटेर भागेका युवक ६ दिनपछि पक्राउ

नेपालखबर
जेठ १, २०८१ मंगलबार ९:३१, काभ्रे

काभ्रेमा नगर प्रहरीलाई कुटपिट गरेर भागेका युवक ६ दिनपछि पक्राउ परेका छन्। 

बनेपा नगरपालिका-७ स्थित चारदोबाटो चोक नजिक अरनिको राजमार्गमा गएको वैशाख २५ गते नगर प्रहरीमाथि कुटपिट भएको थियो। 

कुटपिटमा संलग्न तीन महिला र एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले त्यतिबेलै पक्राउ गरेको थियो। कुटपिट गरेर फरार रहेका पाँचखाल-८ का २३ वर्षीय सुरज काफ्लेलाई घटनाको ६ दिनपछि पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो। 

उनलाई अदालतबाट म्याद थप गरेर कारबाही प्रक्रिया अघि बढाइएको काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। 

त्यतिबेला नगर प्रहरीमाथि कुटपिट र झैझगडा भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएपछि प्रहरीले अनुसन्धान गरेको छ।

बनेपा नगरपालिकाको उजुरीका आधारमा घटनामा संलग्नहरुलाई मुलुकी अपराध सहिताको दफा ११८ को कसुरअनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले यसअघि नै घटनामा संलग्न भएको आरोपमा काभ्रेको नमोबुद्ध नगरपालिका- १ घर भएका २६ वर्षीय कृष्ण मानन्धर, सोही ठाउँकी ५० वर्षीया राममाया मानन्धर, ४० वर्षीया रोजिना मानन्धर र बनेपा-७ की ४० वर्षीया खड्गमाया श्रेष्ठलाई पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .