नागरिकता गडबडी प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई आज (शुक्रबार) दोस्रोपटक अदालत पेस गरिँदै छ।
धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न आज धनुषा जिल्ला अदालत पेस गरिने भएको हो।
‘बुधबार अदालतले पहिलोपटक दिएको ३ दिनको म्याद बिहीबार सकिएकाले पुन: म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो’, उनले भने।
गत बुधबार धनुषा जिल्ला अदालतका न्यायाधीश चुरामन खड्काको इजलासले सिरोहियालाई ३ दिन हिरासतमा राखेर नागरिकता कसुरमा अनुसन्धान गर्न अनुमति दिएको थियो।
बिहीबार सार्वजनिक बिदा थियो।
नागरिकता कसुरमा सिरोहियालाई मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो।
366
Shares
प्रतिक्रिया