ad ad

समाज


कैलाश सिरोहियालाई दोस्रोपटक अदालतमा पेस

कैलाश सिरोहियालाई दोस्रोपटक अदालतमा पेस

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १४:१५, काठमाडौँ

नागरिकता गडबडी प्रकरणमा धनुषा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (शुक्रबार) दोस्रोपटक जिल्ला अदालत लगिएको छ। 

पहिलोपटक पाएको ३ दिनको म्याद सकिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले फेरि हिरासत समय थपका लागि सिरोहियालाई केही बेरअघि जिल्ला अदालत धनुषा पुर्‍याएको हो। अदालत पुर्‍याउनुअघि बिहान सिरोहियासँग सरकारी वकिल कार्यालयमा झन्डै ३ घण्टा बयान लिइएको थियो। 

आज अदालतले म्याद थप्न अस्वीकार गरे सिरोहिया रिहा हुनेछन्। उनलाई छुटाउन भनेर बहसका लागि वरिष्ठ अधवक्ता शम्भु थापासहित १२ वकिल तयार भएर बसेका छन्।  

नागरिकता कसुरमा सिरोहियालाई मंगलबार साँझ काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरी धनुषा लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .