आज सोमबार, १४ जेठ २०८१ (२७ मे २०२४)। हेर्नुस् आजको राशिफल-
मेष : कतै घुम्न जाने योजना बन्न सक्छ। सेयर बजारबाट लाभ हुनेछ। परिवारमा सुख सन्तोष छाउनेछ । सामूहिक तथा रमाइलो र सफल यात्रा हुनेछ। शुभकार्य र सांस्कृतिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६९, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। यात्रा खासै फलदायी छैन त्यसैले भरिसक्के लामो यात्रा नगरेकै बेस।
वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेमी र प्रेमिकाबीच खिन्नता बढ्नेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३८, वैदेशिक कार्यमा ४३ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहलाई स्मरण गरेर कामको थालनी गर्ने। छलकपट नगर्ने।
मिथुन : लाभहानि, आयव्यय, सुखदुःख बराबरी खालको दिन छ। अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ। मिहिन ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। अधुरो वैदेशिक कार्य सहजै अघि बढ्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कट : धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। पुनर्मिलनको योग छ। शुभ र मङ्गल कार्यको योग छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्।
भाग्यशाली रङ पर्पल र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६३, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। झुट नबोल्ने।
सिंह : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। काम देखाएर अरूको मन जित्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अनावश्यक खर्चबाट बच्न सकिन्छ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कन्या : सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। लामो समयपछि आफन्तसँग भेटघाट हुनेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुन सक्छ। आफन्तको साथ-सहयोग मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४९, सेयर बजारमा ३३, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। सजिलै अरूको विश्वास नगर्नु होला।
तुला : व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ। साँझमा कुनै कुराले मन खुसी हुने र साँझमा शुभ समाचार पाइनेछ।
भाग्यशाली रङ निलो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक : मनोरञ्जनमा सहभागी भइएला। कार्यमा संलग्न भइनेछ। राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ। बोलीवचन एवं प्रवचन, भाषण आदिमा प्रशंसा मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।
भाग्यशाली रङ सेतो हो भने अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु : रमाइलो यात्राको योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। परोपकारका क्षेत्रमा लगानीको समय छ।
भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, सेयर बजारमा ६९, वैदेशिक कार्यमा पनि ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर : विभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। चलाखीपूर्ण बोलीले कार्यसिद्ध हुन सक्छ। आम्दानीमा कमी आउनेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।
कुम्भ : शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। काम गर्दा होसियारीपूर्वक गर्नुहोला। साँझमा शुभ समाचार मिल्नेछ भने प्रेमीसँगको सम्बन्ध यथावत् रहनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।
मीन : दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। शुभ समाचार सुन्न पाइएला। वाणीमा कुशलता आउने दिन परेको छ। शुभ कार्यमा सरिक हुन सकिनेछ। प्रेमी र प्रेमिकाबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares
प्रतिक्रिया