ad ad

समाज


विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायलाई रेडक्रसको निर्देशन

विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायलाई रेडक्रसको निर्देशन

फाइल फोटो


नेपालखबर
जेठ १८, २०८१ शुक्रबार १९:२४, काठमाडौँ

नेपाल रेडक्रस सोसाइटीले विपद् पूर्वतयारीमा जुट्न ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको छ।

मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरुलाई  निर्देशन दिएको हो।

नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरुको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारीमा खट्न आग्रह गरेको छ।

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुटिसकेको बताए। उनले विगतका वर्षहरुको अनुभव र यस वर्ष बढी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गरी आफूहरुले योजना बनाएको बताए।

उनले विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण भइसकेको बताए। उनले ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि निर्देशन दिइसकेको र आर्थिक श्रोत, सामग्रीहरुको सुनिश्चितताका लागि आवश्यक पहल गरिएको जानकारी दिए। उनले विभिन्न किसिमको प्रतिकार्यका लागि पहिला नै आकस्मिक कोषहरु छुट्याइएको र आवश्यकता अनुसार रकमहरु पनि परिचालन हुने बताए।

उनले भने, ‘मनसुनको पूर्वतयारीको सन्दर्भमा विगतका वर्षहरुको अनुभव र यसपालि बढी पानी परेर त्यसको क्षति ठूलो हुनसक्छ भनेर पूर्वतयारीलाई त्यत्तिकै ध्यान दिएर काम गरेका छौँ। खासगरी एउटा भनेको जनशक्ति, हामीसँग विभिन्न क्षेत्रमा तालिमप्राप्त जनशक्तिहरु हुनुहुन्छ। तालिमप्राप्त जनशक्तिलाई पूर्वतयारी अवस्थामा राखेका छाैँ। आर्थिक श्रोत साधनको कुराहरु पनि छ। विभिन्न किसिमको रेस्पोन्सका लागि पहिला नै हामीले छुट्याएर राखेको फण्डहरु छन्। आवश्यक सामग्रीहरु पनि तयारी अवस्थामा हामीले राखेका छौँ। ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण छ। पैसा उपलब्ध गराउने कुरामा पनि हामी केन्द्रित छौँ। ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि हामीले अनुरोध गरिसकेका छाैँ।’

उनले केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गरे। उनले विपद्जन्य घटना मात्रै नभइ अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरुमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .