ad ad

समाज


इलाममा ४३ वर्षीया आमा र २० वर्षीय छोराको शव घरभित्रै भेटियो

इलाममा ४३ वर्षीया आमा र २० वर्षीय छोराको शव घरभित्रै भेटियो

नेपालखबर
जेठ २०, २०८१ आइतबार १३:६, काठमाडौँ

इलाममा ४३ वर्षीया आमा र २० वर्षीय छोरा आफ्नै घरभित्र मृत फेला परेका छन्। 

इलाम नगरपालिका २ सुम्बेक निवासी फूलमाया तामाङ र उनका छोरा जीवनको घरभित्रै दलिनमा झुण्डिएको अवस्थामा शव फेला परेक जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। 

‘गएराति उनीहरु एउटै कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको छ,’ इलामका डीएसपी प्रकाश जबेगुले नेपालखबरसँग भने, ‘आइतबार शव परीक्षणको लागि जिल्ला अस्पताल ल्याइएको छ।’

बुवा फुर्देन तामाङ मजदुरी (मिस्त्री काम) गर्न घरबाहिर रहेको बेला आमा छोराले आत्महत्या गरेका आशंका प्रहरीले गरेको छ। 

‘छिमेकीहरुले उनीहरु (आमाछोरा) मादकपदार्थको कुलतमा फसेका बताएका छन्,’ डीएसपी जबेगुले भने, ‘आमा छोराबीच घरायसी विवाद हुने क्रममा सुरुमा छोराले आत्महत्या गरेको र त्यसपछि आमाले आत्महत्या गरेको जानकारी छिमेकीहरुले गराएका छन्। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .