ad ad

समाज


चितवनको देवघाटमा भारी वर्षा

चितवनको देवघाटमा भारी वर्षा

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २१, २०८१ सोमबार १७:३६, काठमाडौँ

चितवनको देवघाटमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाले सोमबार (आज) साँझ ५:३० बजे दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चितवनको नारायणीस्थित देवघाट स्टेसनमा ५१.२ मिलिमिटर वर्षा भएको हो। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि सय मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यस्तै यस अवधि (पछिल्लो २४ घण्टा) मा चितवनको देवघाटपछि सबैभन्दा धेरै वर्षा दोलखाको लामा बगमार ३३.४ मिलिमिटर वर्षा भएको छ। यस्तै स्याङ्जाको आधीखोलास्थित बोर्लाङपुलमा ३२.८ मिलिमिटर वर्षा भएको छ। 

यसबाहेक पछिल्लो २४ घण्टामा देशका अन्य स्थानमा २१.६ मिलिमिटर (झापाको दमक) र यसभन्दा मुनिको मात्रामा वर्षा भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .